नक्कली लाइसेन्स बनाएको आरोपमा एक युवक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको छ ।
उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ ।