बालुवाटारमा २ घन्टा बढि प्रचण्ड र ओलीबीच वार्ता
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ।
भावी राष्ट्रपतिबारे फरक(फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन्।
एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।