जित्यो बुद्व जयन्ती कपको उपाधि नेपालोनाले
एभरेष्ट एनआरएनए म्याड्रिडलाई टाईब्रेकरमा २-० गोल अन्तरले पराजित गर्दै नेपालोनाले (बी) बुद्व जयन्ती कपको उपाधि जितेको छ।
आइतबार स्पेनको बार्सिलोनामा आयोजित फुटबलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको हो।तमु समाज बार्सिलोनाले बुद्व जयन्तीको अवसरमा आयोजना गरेको सेभेन एसाईड कप फुटबल प्रतियोगितामा १० टोली सहभागी बनेका थिए।उपाधि विजेता नेपालोनाले (बी) ७०१ युरो नगदसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपबिजेता म्याड्रिडले ४०१ युरो जितेको छ। कोष्टाब्याङ्का एफसी र बार्सिलोनाको रोयल राईडर टिमले सेमीफाइनल सम्मको यात्रा तय गर्न सफल बने ।