पार्टी फुटको मान्यता नदिने आयोगको निर्णयबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गरेको नतिजा
निर्वाचन आयोगले नेकपाको केपी ओली र दाहाल-नेपाल दुवै पक्षलाई आधिकारीकता नदिने निर्णय गरेको छ। आयोगको निर्णयलाई दुवै पक्षले आफु अनुकुल व्याख्या गर्दै शक्ति प्रदर्शनको होडबाजी गरिरहेका छन् । यसले ‘नेकपा’ कसको हो भन्नेमा जनमानसमा अन्यौल झनै बढाएको छ।
यसै विषयमा पालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस शीर्षक मा माघ १८ गते मत सुरु गरेको हो। यस संस्थाले नेपालमा हालसम्म ३५ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् । यी प्रश्नहरुले पार्टी फुटको मान्यता नदिने आयोगको निर्णयले नेकपाको कुन पक्षलाई बढी फाइदा हुने, निर्वाचन आयोगबाट पार्टी विभाजनको औपचारिकता नपाएपछि अब नेकपाको दुइ पक्ष एक होलान् भन्ने कुराहरु समेटेका छन् ।
यही शीर्षकको हालसम्मको मत नतिजा आउन सुरु भएको छ ।
नेकपा फुटेर अलग-अलग बसेको बैठकलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय तपाईलाई कस्तो लाग्यो? भनि सोधिएको प्रश्रमा हाल सम्म ५२.१७ % प्रतिशतले एकदमै सही,१३.०४ % प्रतिशतले पूर्णग्राही,१९.०२ % प्रतिशतले राजनीतिक दबाब,१५.७६ % प्रतिशतले नियमसम्मत भनि अभिमत दिएका छन्।
पार्टी फुटको मान्यता नदिने आयोगको निर्णयले नेकपाको कुन पक्षलाई बढी फाइदा होला? भनि सोधिएको प्रश्रमा हाल सम्म ५२.१७ % प्रतिशतले केपी वली पक्षलाई,७.६१ % प्रतिशतले दाहाल-नेपाल पक्षलाई,२२.२८ % प्रतिशतले कुनै पक्षलाई पनि फाइदा हुँदैन,१७.९३ % प्रतिशतले दुवै पक्षलाई फाइदा हुन्छ भनि अभिमत दिएका छन्।
आयोगको उक्त निर्णयले आगामी वैशाखमा हुने भनिएको मध्यावधी चुनावलाई कस्तो असर पार्ला? भनि सोधिएको प्रश्रमा हाल सम्म ३४.७८ % प्रतिशतले कुनै असर पार्दैन,१३.०४ % प्रतिशतले चुनाव हुने सम्भावना झनै बढ्यो,४८.९१ % प्रतिशतले पार्टीमा आन्तरिक द्वन्द्व बढ्ने भएकोले नकारात्मक असर पर्छ,३.२६ % प्रतिशतले खासै ज्ञान भएन भनि अभिमत दिएका छन्।
निर्वाचन आयोगबाट पार्टी विभाजनको औपचारिकता नपाएपछि अब नेकपाको दुइ पक्ष (केपी वली र दाहाल-नेपाल) एक होलान् त? भनि सोधिएको प्रश्रमा हाल सम्म २८.८ % प्रतिशतले एक हुनुको विकल्प छैन,२५ % प्रतिशतले पदको भागवण्डा नमिलेसम्म एक हुँदैनन्,३५.८७ % प्रतिशतले अब एक हुनु भनेको त लाजमर्दो हो,१०.३३ % प्रतिशतले केहि भन्न सकिएन भनि अभिमत दिएका छन्।
अहिले नेकपा फुटको संघारसम्म आइपुग्नुलाई तपाई कुन रुपमा हेर्नुहुन्छ? भनि सोधिएको प्रश्रमा हाल सम्म २२.८३ % प्रतिशतले सत्ताको मात,४१.८५ % प्रतिशतले पार्टी भित्रको आन्तरिक गुटवन्दी,९.२४ % प्रतिशतले जुँगाको लडाई,२६.०९ % प्रतिशतले माथिका सबै भनि अभिमत दिएका छन्।
मतदान गर्नको लागी :