प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ : हर्कराज राई
काठमाडौं — श्रमसंस्कृति पार्टीका अध्यक्ष Harka Raj Rai ले प्रधानमन्त्री Balen Shah ले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण प्रस्तुत गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राईले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके संसद्मा आएर अभिव्यक्ति सच्याउनुपर्ने माग गरे।
उनले देशको भूगोल र सीमाको संरक्षण राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए।
“प्रधानमन्त्रीले कि नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउनुपर्छ, होइन भने संसद्मा उभिएर आफ्नो भनाइ सच्याउनुपर्छ,” राईले भने।
उनले नेपाली सेनालाई सीमा सुरक्षामा केन्द्रित गर्नुपर्ने धारणा पनि राखे। सीमा अतिक्रमणका विषयमा राज्य गम्भीर हुनुपर्ने र सेनालाई सीमाक्षेत्रमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
राईले प्रधानमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वा परराष्ट्रमन्त्रीले जवाफ दिएर नहुने स्पष्ट पार्दै प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टीकरण दिनुपर्ने बताए।
उनले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनसमेत माग गरेका छन्। विपक्षी दलहरूले पनि यही विषयलाई लिएर संसद्मा विरोध जारी राखिरहेका छन्।