स्थानीय बजारमा सुनको मूल्य ३ लाख मुनि झर्यो, चाँदी पनि सामान्य घट्यो
काठमाडौं — स्थानीय बजारमा सुनको मूल्य घटेर ३ लाख रुपैयाँ मुनि झरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्दै २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार भने सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण मूल्यमा दैनिक परिवर्तन देखिएको व्यवसायीहरूले बताएका छन्।