बालुवाटारमा ओली-प्रचण्ड छलफल सकियो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ।
सरकारले संसद विघटन गरेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन्। उनीहरूबीच झन्डै १ घन्टा कुराकानी भएको बताइएको छ। सरकारले अचानक संसद विघटन गरेपछि नेकपाभित्रै चर्को आलोचना भइरहेको छ। ओली-प्रचण्डबीच के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन।
नेकपाले आजै स्थायी कमिटीले बोलाएको थियो। बैठकमा सहभागी हुन नेकपा नेताहरू अहिले बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुअघि प्रचण्डले खुमलटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।