स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
काठमाडौं — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ३३५ रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ५०० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।