प्रेस काउन्सिल अध्यादेश फिर्ताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना
काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बालाजुमा धर्ना दिएको छ ।
महासंघले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसद्बाट कानुन ल्याऊ’ र ‘लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारा लगाउँदै धर्ना दिएको हो ।
महासंघले अध्यादेश फिर्ता लिन तथा लोककल्याणकारी विज्ञापनमा गरिएको कटौतीको निर्णय सच्याउन सरकारसँग माग गरेको छ ।