धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा सभापति थापाद्वारा शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ, आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।