सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु
झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको हो।
सफारीको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले सफारी चालक मेचीनगर नगरपालिका–१५ निवासी ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे जानकारी दिँदै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएका छन्।