कांग्रेस संसदीय दलको बैठक जारी
नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको प्रमुख सचेतक वासना थापाले जानकारी दिएकी छन् ।
पछिल्लो समय पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गर्ने घटनाका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।
यसअघि आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी बाटोमा अघि बढिरहेको टिप्पणी गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेका थिए ।
सरकारका पछिल्ला गतिविधि र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नका विषयमा कांग्रेसले संसदीय दलको बैठकमा छलफल गरिरहेको हो ।