तनहुँमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको माइक्रोबस आइतबार साँझ चालकले नियन्त्रण गुमाउँदा सडकमा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ की ६३ वर्षीया राधादेवी बराल र ७३ वर्षीय लीलाधर बराल घाइते भएका छन् ।
त्यसैगरी पर्साको सखुवा पर्सौनीकी ३५ वर्षीया सपना चौधरी, पोखरा महानगरपालिका–१३ की ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ र ३७ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् ।
यस्तै, बागलुङको बडीगाड गाउँपालिका–७ की २५ वर्षीया विपिना विक, महोत्तरीको बलवा नगरपालिका–७ का ३६ वर्षीय रुपेश मिश्र, तनहुँको व्यास नगरपालिका–१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ की २८ वर्षीया सृजना अछामी पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।