सिन्धुलीमा स्कोरपियो दुर्घटना, दुई जना गम्भीर घाइते
मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ स्थित रानीपानीमा स्कोरपियो दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
पूर्वबाट काठमाडौं जाँदै गरेको बा १८ च ७७४१ नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेका दुवै जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पहिचान भने खुल्न सकेको छैन।
दुर्घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।