सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा शनिबार बिहानदेखि भएको सुनुवाइ सम्पन्न भएको हो ।
पाण्डेको सुनुवाइ सकिएलगत्तै समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको संसदीय सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी परेका छन् । तीमध्ये पाँचवटा उजुरीमा भने सबै प्रस्तावित न्यायाधीशको नियुक्तिप्रति आपत्ति जनाइएको छ ।