माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त, लिए पद तथा गोपनीयताको शपथ
माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा उच्च पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका थिए ।
साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई आगामी चार वर्षका लागि बैंकको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।