सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ
सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । शुक्रबार धरान उपमहानगरपालिका–१ निवासी २५ वर्षीय अमर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दर्जीको खानतलासी गर्ने क्रममा मलद्वारमा लुकाएर ल्याएको ५.३४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका दर्जीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।