छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने जनाएको हो ।
मन्त्रालयका अनुसार यसअघि २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका दिन सार्वजनिक बिदा दिइएको थियो । छठ पर्वको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
सहसचिव एवं मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ ।