सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घट्यो
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यससँगै आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।