विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ युएई जाँदै
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् । युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन् ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागी हुन युएई जान लागेको पुष्टि गरेका छन् । गुरुङ मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।