इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
इलाममा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय विपिन दियाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दुर्घटनामा चालक दियालीको मृत्यु भएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार देउमाई नगरपालिका–१, चमैताबाट चौरीबजारतर्फ जाँदै गरेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट खसेको थियो। दुर्घटनामा चालक दियालीको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।