ललितपुरमा राँगा बोकेको ट्रक दुर्घटना, पाँचवटा राँगा मरे
ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना हुँदा पाँचवटा राँगा मरेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटनामा परेको हो।
ट्रकमा २७ वटा राँगा लोड गरिएको थियो। दुर्घटनापछि ट्रक सडक किनारामा कोल्टे परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।