ओखलढुङ्गामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
ओखलढुङ्गामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–१ कुन्तादेवीका ४७ वर्षीय कमल बाँनिया रहेका छन्। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।