सीमलधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत चितवनको सीमलधारामा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै आज दिउँसो पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले तीनवटा मेसिन प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ। सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।