वर्षाले अवरुद्ध भएका जोमसोम–कोरला सडक सञ्चालनमा
भारी वर्षाका कारण अवरुद्ध भएको जोमसोम–कोरला सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। अर्नब चक्रवातको प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित चैलेमा सडक भासिएपछि शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार यसअघि ग्याबिन वाल लगाएर उकासिएको सडकमा भारी वर्षाले क्षति पुर्याएको थियो।
सवारी आवागमन तत्काल सञ्चालनमा ल्याउन ग्याबिन वाल लगाएर माटो भर्ने काम गरेपछि सडक पुनः सञ्चालनमा ल्याइएको आयोजना प्रमुख शर्माले जानकारी दिए।