सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो
Writing
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको थियो। बुधबारको तुलनामा सुनको मूल्य बढे पनि चाँदीको भाउ भने घटेको छ।