दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ
बाराको सिम्रौनगढ नगरपालिका–२, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्। सशस्त्र प्रहरीका अनुसार एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमाण्डमा खटिएको टोलीले कुसवाहको साथबाट दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको जनाएको छ।
पक्राउ परेका कुसवाहलाई बरामद हतियार तथा गोलीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।