पृथ्वी राजमार्ग एकतर्फी खुलेपछि काठमाडौंमा रोकिएका सवारी गन्तव्यतर्फ
पृथ्वी राजमार्ग एकतर्फी खुलेपछि काठमाडौंमा रोकिएका सवारी गन्तव्यतर्फ
काठमाडौं । निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधका कारण काठमाडौंमा रोकिएका मालवाहक ट्रक, बससहितका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै पछिल्लो चार दिनदेखि रोकिएका सवारीसाधन उपत्यकाबाट बाहिरिन थालेका हुन् ।
अहिले कलंकी, ढुंगेअड्डा, थानकोट र नागढुंगामा उपत्यकाबाट बाहिरिने सवारीसाधनको चाप बढेको छ ।