रास्वपाको ‘क्यान्डिडेट क्लब’ घोषणा आज ५ बजे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज साँझ ५ बजे पार्टी कार्यालय चमतिमा क्लब घोषणा गर्न लागिएको हो।
स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै रास्वपाले ‘क्यान्डिडेट क्लब’ को अवधारणा अघि सारेको हो। स्थानीय तथा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि पार्टीले निश्चित मापदण्ड तय गरी क्लबमा आबद्ध गराउने तयारी गरेको बताइएको छ।
पार्टीका अनुसार निर्वाचनमा उम्मेदवारका रूपमा अघि बढ्न चाहने व्यक्तिहरूका लागि उक्त मापदण्ड लागू हुनेछ। ‘क्यान्डिडेट क्लब’ मार्फत सम्भावित उम्मेदवार पहिचान, छनोट तथा निर्वाचन तयारीलाई व्यवस्थित बनाउने रास्वपाको योजना छ।