कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले सोमबार विश्वासको मतसम्बन्धी पत्र प्रदेशसभामा दर्ता गराएका थिए। विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।
४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ। हाल नेकपाका १४, एमालेका १०, नेपाली कांग्रेसका १५ र राप्रपाका एक प्रदेशसभा सदस्य छन्।