कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा समूह सर्वोच्चमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ।
विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम टुंगो नलागेसम्म १५औँ महाधिवेशन अघि बढाउन नहुने देउवा समूहको जिकिर छ।
देउवा समूहले विशेष महाधिवेशनसम्बन्धी विवाद समाधान नभएसम्म नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउँदा कानुनी जटिलता उत्पन्न हुन सक्ने भन्दै महाधिवेशन रोक्न माग गरेको हो।
पूरक निवेदनमाथि आगामी भदौ ११ गते पेशी तोकिएको छ।
सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढ्ने वा रोक्ने विषय थप स्पष्ट हुने देखिएको छ।