मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेकाले मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको हो।
२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सोहीअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गरेको जनाएको छ।
मोहम्मद जयन्ती इस्लाम धर्मावलम्बीहरूले पैगम्बर मोहम्मदको जन्मदिनका रूपमा मनाउने महत्वपूर्ण धार्मिक पर्व हो।