हेटौँडामा बाढीले बगाएकी सुमित्राको शव भेटियो
हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ। मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खहरेमा आएको बाढीले बगाएपछि बेपत्ता भएकी सुमित्राको शव सुरक्षाकर्मीको टोलीले आज बिहान फेला पारेको हो।
सो घटनामा चार बालिका बाढीमा परेका थिए। तीमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक बालिका घाइते अवस्थामा उद्धार भएकी छन्।
बेपत्ता बालिकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको थियो।