बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी छ। प्रहरीले बस चालक सर्लाही हरिवन–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।