६६० किलो गाँजासहित दुई जना पक्राउ
सर्लाही — प्रहरीले नियमित गस्तीका क्रममा ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ रहेका छन्। उनीहरूलाई प्रहरीले बुधबार अपराह्न पक्राउ गरेको हो।
शङ्का लागेपछि प्रहरीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलोग्राम गाँजा फेला पारेको थियो।
यस्तै, जेसुनमायाको गोठमा तलासी गर्दा चारवटा ड्रममा लुकाएर राखिएको १०० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।