रास्वपा केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’मा सुरु भएको छ।
बैठकमा केन्द्रीय सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुख मनोनयनसम्बन्धी प्रस्ताव पेस हुँदैछ। यस्तै, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन, केन्द्रीय उम्मेदवार छनोट समिति गठन र ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुनेछ।
स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन र पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा छ।