मन्त्रिपरिषद्को बैठक आज बस्दै, नियमित कामकारबाहीबारे निर्णय हुने
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा आवश्यक निर्णय हुने बताइएको छ।