आईजीपी कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको भूमिकाको प्रशंसा
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र जनचेतना अभिवृद्धिमा मेट्रो ट्राफिक एफएमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
मेट्रो ट्राफिक एफएम ९५.५ को १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले अपराध नियन्त्रण, सुरक्षा सचेतना र विश्वसनीय सूचना प्रवाहमा एफएमले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले आगामी दिनमा नागरिक केन्द्रित, गुणस्तरीय र नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै सडक सुरक्षा सबैको साझा दायित्व भएको बताए।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाललगायत वक्ताहरूले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रहरी, सरकार, सञ्चारमाध्यम र नागरिकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।