राष्ट्रपति पौडेलको आह्वान– राष्ट्रिय एकताबाट समृद्धि सम्भव
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।
शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा उनले आपसी भाइचारा, सहिष्णुता र एकतालाई सुदृढ बनाउँदै राष्ट्रप्रेमको भावना मजबुत बनाउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्र बनाउन सबैलाई आह्वान गरे। उनले भीमसेन थापालाई इमानदार र कुशल प्रशासकका रूपमा स्मरण गर्दै उनको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।