राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा छलफल भएको सभामुखको निजी सचिवालयले जनाएको छ।
भेटका क्रममा संसद् सञ्चालन, लोकतान्त्रिक अभ्यास र समसामयिक राष्ट्रिय विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।