सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १,२०० रुपैयाँले सस्तो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो सुन २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।