कटुवा खोलामा डुबेर एक जनाको मृत्यु
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।
प्रहरीका अनुसार आज दिउँसो कटुवा खोलामा डुबेर बेपत्ता भएका विष्टलाई उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।