पोखराको चर्चित ठगी प्रकरणका अभियुक्त महेन्द्र भोटे धरौटीमा रिहा
कास्कीको पोखरास्थित बहुचर्चित ठगी प्रकरणमा थुनामा रहेका अभियुक्त महेन्द्र भोटे धरौटीमा रिहा भएका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। आदेशअनुसार उनले केही दिनअघि धरौटी रकम बुझाएर रिहा भएका हुन्।
अदालतमा सुनुवाइका क्रममा भोटेले उक्त प्रकरणसँग सम्बन्धित १७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनलाई धरौटीमा छाड्ने निर्णय भएको बताइएको छ।
उक्त प्रकरणबारे थप कानुनी प्रक्रिया भने जारी रहेको जनाइएको छ।