ब्राउनसुगरसहित उर्लाबारीबाट दुई पक्राउ
मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोलचोकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङको साथबाट थप नौ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।