सरकारले बढायो व्यक्तिगत आयकरको सीमा, अब १० लाखसम्म
सरकारले व्यक्तिगत आयकरको सीमा बढाएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्याइएको घोषणा गरेका हुन्।
चालु आर्थिक वर्षसम्म व्यक्तिगत आयकरको सीमा ६ लाख रुपैयाँ रहेको थियो।
सरकारले कर प्रणालीलाई समयानुकूल बनाउन तथा करदातालाई राहत दिने उद्देश्यले आयकरको सीमा वृद्धि गरेको जनाएको छ।