ह्वाइट हाउस डिनर गोलीकाण्ड प्रकरण: संदिग्धसँग जोडिएको घरमा एफबीआई छापा
अमेरिकाको क्यालिफोर्नियास्थित टोरन्स क्षेत्रमा रहेको एक घर बाहिर संघीय अनुसन्धान विभाग (एफबीआई)का एजेन्ट र प्रहरीहरू परिचालन गरिएको छ । उक्त घर ह्वाइट हाउस संवाददाता डिनर गोलीकाण्डका सन्दिग्ध कोल टमस एलनसँग सम्बन्धित भएको बताइएको छ ।
घरभित्र खनतलासी भइरहेका बताइएको छ । घरबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू जम्मा भएका छन् । छिमेकीका अनुसार एलन त्यहाँ बस्छन् कि बस्दैनन् भन्ने निश्चित छैन । केही दिनअघि मात्र उनलाई घरमा देखिएको बताइएको छ ।
एलनका बुबा मिलनसार र कुरा गर्न मन पराउने व्यक्ति भएको पनि छिमेकीहरूले उल्लेख गरेका छन् । यसैबिच सन्दिग्ध एलनले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारहरूलाई निशाना बनाउन खोजेको बताएको छ ।