एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर मनोनयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।
संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले महरलाई शुक्रबारदेखि लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको उल्लेख गर्दै उनलाई आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
यससम्बन्धी जानकारी संघीय संसद सचिवालयलाई समेत गराइएको एमालेले जनाएको छ । अनेरास्ववियुका पूर्वअध्यक्ष महर फागुन २१ को निर्वाचनमा बझाङबाट विजयी भएका हुन् ।