कोकिन र ट्रामाडोलसहित ८ जना पक्राउ, ठूलो परिमाणमा लागुऔषध बरामद
लागुऔषध कोकिनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापाको मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतीय नागरिक २७ वर्षीय हर्षित डाँगी र भारतकै ३९ वर्षीय मानिक गुलाटी छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट ३३ ग्राम कोकिन बरामद भएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
यसका साथै ब्युरोले औषधि जन्य लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको । पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटका २३ वर्षीय सरोज राई र मनाङका २६ वर्षीय सुमन गुरुङ छन् । उनीहरुबाट ट्रामाडोल १२ हजार ६ सय वटा बरामद भएको छ ।