रातु नदीको तटबन्ध भत्कियो, जलेश्वरमा सतर्कता अपनाउन प्रशासनको आग्रह
महोत्तरीको जलेश्वर नगरपालिकास्थित रतबारामा रातु नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ ।
रातु नदीको बाढी जलेश्वर बजार क्षेत्रमा पस्न सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।
दुई दिनदेखिको मुसलधारे वर्षाका कारण रातु नदीमा जल सतह बढेको छ । बाढीले आइतबार बिहानै तटबन्ध भत्काएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।