झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त
जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
उनका अनुसार अहिले उनको उपचार भइरहेको छ र स्वास्थ्यमा सुधार भइरहेको छ ।मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइएको थियो ।
त्यसवेला नेता झलनाथ घरबाहिर थिए भने घरमै रहेकी रविलक्ष्मी आगोमा जलेकी हुन् । अहिले उनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । चिकित्सकले उनी ‘खतरामुक्त’ भनेको भट्टराईले बताए ।